Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


भारत र चीनबीचको व्यापारिक केन्द्र बन्न सक्छ नेपाल : प्रधानमन्त्री


0
Shares

काठमाडौं, कात्तिक २४ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भारत र चीन दुवै देशबीचको व्यापारिक केन्द्र बन्न सक्ने बताएका छन् ।

नेपाल डेभलपमेन्ट इन्टिच्यूटले बुधबार राजाधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएपछि भारत र चीनसँगको सम्बन्ध विस्तारका साथै त्रिदेशीय सहकार्यमा जोड दिएको बताए ।

उनले भारतको गोवामा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र्र मोदीसँग त्रिदेशीय सहकार्यका लागि आफूले प्रस्ताव राखेको भन्दै यसमा दुवै राष्ट्र सकारात्मक रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले राजनीतिक स्थिरता विना मुलुकका आर्थिक उन्ननि हुन नसक्ने बताउँदै नेपालले आन्तरिक अवस्थालाई वलियो बनाउँदै आर्थिक प्रगतिका लागि लगानीको वातावरण तयार पार्नुपर्नेमा जोड दिए ।

उनले पर्यटकीय विकास र उर्जाको ठूलो सम्भावना भएको राष्ट्र नेपाल आफ्नै समस्याका कारण आर्थिक प्रगतिको दृष्टिकोणमा धेरै पछि परेको बताए ।