काठमाडौं, कात्तिक २४ । सर्वोच्च नेता गणेशमान सिंहको १०२ औं जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रम गरी मनाईदै छ । जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसनले आज काठमाडौंको शोभाभगवतीस्थित सिंहको शालिकमा माल्यार्पण कार्यक्रम गरेको छ ।
कार्यक्रममा गणेशमानका पुत्र तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गणेशमान आफ्नो पिताको रुपमा मात्र नभई मुलककै पिताको रुपमा रहेको बताए ।
राणा शासनविरुद्धको आन्दोलन र जनआन्दोलनको कमाण्डरका रुपमा गणेशमान सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले नेपालको राजनीतिमा गणेशमान सिंहको सिद्धान्त पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिए ।
सिंहले संविधान कार्यान्वयनबाट मात्र मुलुकले निकास पाउने भएकाले त्यसका लागि कांग्रेसले अग्रणी भूमिका निर्वाह गर्ने बताए ।









प्रतिक्रिया दिनुहोस्