Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


पूर्वराजा ज्ञानेन्द्र सिंगापुर प्रस्थान, भारत पनि जाने, भ्रमण ‘गोप्य’ (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक २४ । निजी भ्रमणको सिलसिलामा पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सिंगापुर गएका छन् ।

पूर्वराजा शाहको साथमा उनका निजीसचिव सागर तिमल्सिना पनि सँगै गएका छन् । सिंगापुरमा केहीदिनको बसाइँपछि शाह भारत जाने बताइएको छ ।

केही समयअघि शाहका स्वकीयसचिव तिमल्सिना भारत गएर भेटघाट र अरु कार्यक्रम तय गरेका थिए ।

सिंगापुरबाट पूर्वराजा शाह बुहारी हिमानी शाहसँगै भारत जाने बताइएको छ । हिमानी भने केही दिनअघि नै सिंगापुर गइसकेकी छन् ।

भारतमा पूर्वराजा शाहले केही राजनीतिक भेटवार्ता गर्ने उच्चस्रोतले दाबी गरेको छ ।

शाहले भने भ्रमण र भेटघाटको तालिकालाई अत्यन्तै गोप्य राखेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

Skip This