२० जेष्ठ २०८२, मंगलबार | Wed Jun 4 2025


सिन्धुलीगढीमा विजयोत्सव मनाइयो


0
Shares

सिन्धुली, कात्तिक २४ । गोर्खालीहरुले अंग्रेजमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा सिन्धुलीमा बुधबार विजयोत्सव मनाइएको छ ।

विक्रम संवत् १८२४ कात्तिक २४ गते गोर्खाली सेनाले अंग्रेज फौजलाई सिन्धुलीगढीमा पराजित गरेको थियो ।

विजयोत्सवको अवसरमा सिन्धुलीमा आयोजित कार्यक्रममा स्थानीय विकासमन्त्री हितराज पाण्डे, सांसदहरु, नेपाली सेना, विभिन्न सुरक्षा निकायका अधिकृतलगायतको सहभागिता रहेको थियो ।

विजयोत्सव मनाउनेक्रममा काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकला यात्रा गरिएको थियो भने स्थानीयस्तरमा म्याराथन दौड आयोजना गरिएको थियो ।