Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सुनको भाउ एकैदिन १३ सयले बढ्यो


0
Shares

काठमाडौं, कात्तिक २४ । बुधबार स्थानीय बजारमा सुनको मूल्य तोलामा एकैदिन १३ सयले बढ्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले घटेर ५६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले उकालो लागेर ८ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन अघिल्लो दिन यसै समूहको तुलनामा २० डलरले बढेर प्रतिऔंस १३ सय डलरको हाराहारीमा कारोबार भएको थियो ।

मंगलबार १२ सय ८० डलर हाराहारीमा कारोबार भएको थियो ।