Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आस्बा प्रणालीको निर्देशिका बोर्डबाट स्वीकृत भइ आगामी माघबाट लागू हुने


0
Shares

काठमाडौं, कात्तिक २४ । अब सार्वजनिक निस्कासनमा ‘एप्लिकेसन सर्पोटेड बाइ ब्लक्ड अमाउन्ट’ (एएसबीए) प्रणाली लागू हुने भएको छ ।

धितोपत्र बोर्डले विज्ञप्ति जारी गरी ‘आस्बा’ प्रणालीको निर्देशिका बोर्डबाट स्वीकृत भइ आगामी माघबाट लागू हुने जनाएको हो ।

प्रणालीको सम्बन्धमा आवश्यक निर्देशिका बनाउन बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा नेपाल बैकर्स संघ तथा नेपाल मर्चेन्ट बैकर्स संघका प्रतिनिधिसहितको समितिले पेश गरेको ‘धितोपत्र खरिद (सार्वजनिक निस्कासन)सम्बन्धी निर्देशिका, २०७३’ बोर्डले स्वीकृत गरेको र यस व्यवस्थालाई २०७३ माघदेखि लागू गर्ने योजना रहेको बोर्डले जनाएको हो ।

सार्वजनिक निस्कासन प्रक्रियालाई थप सरल, व्यवस्थित, पारदर्शी तथा छिटो–छरितो बनाइ सार्वजनिक निस्कासन लागतलाईसमेत न्यून गर्ने र हाल धितोपत्र बाँडफाँडका लागि करिब ७० दिन लाग्ने गरेकोमा उक्त कार्य बढीमा २० दिनभित्र गर्न सम्भव बनाउने उद्देश्यले यो प्रणाली लागू गर्न लागेको बोर्डले जनाएको छ ।