Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पोखराको ‘हङकङ बजार’मा आगलागी, २५ वटा सटरमा क्षति


0
Shares

पोखरा, कात्तिक २५ । पोखराको पृथ्वी चोकनजिक हङकङ बजारमा बुधबार राति आगलागी भएको छ ।

राति अबेर भएको आगलागीको हङकङ बजारको पूर्वतर्फ सहारा क्बलको अगाडी रहेका २५ वटा सटर पूर्ण क्षति पुर्‍याएको छ ।

राती अवेरमात्रै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीयबासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट कति क्षति भयो भन्ने पूर्ण विवरण आएको छैन । लत्ताकपडा, जुत्ता, खाद्यान्न, कस्मेटीक लगाएतका पसलमा आगो लागेको प्रहरीले जनाएको छ ।

विद्युत सट भएर आगो लागेको हुने सक्ने प्रहरीको अनुमान छ ।