
फाइल तस्वीर
काठमाडौं, कात्तिक २५ । व्यवस्थापिका–संसद्को आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।
आजका लागि तोकिएको बैठक विशेष कारणले भोलिसम्मका लागि स्थगन गर्नुपरेको संसद् सचिवालयले सूचना प्रकाशित गरी जनाएको छ ।
संसद्को अर्को बैठक यही कात्तिक २६ गते बिहान ११ बजे बस्ने संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिए । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो ।
प्रतिक्रिया दिनुहोस्