
वासिंटन, कात्तिक २५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीलाई एकजुट बनाई सफलतापूर्वक देशको नेतृत्व गर्ने विश्वास ब्यक्त गरेका छन् ।
देशबासीको नाममा सम्बोधन गर्दै बाराक ओबामाले डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि दिएको अभिब्यक्तिबाट आफू प्रभावित भएको प्रतिक्रिया दिए ।
अमेरिकी जनतालाई साथ लिएर अघि बढ्ने ट्रम्पको विचार कदरयोग्य रहेको ओबामाको भनाइ छ ।
ओबामाले ट्रम्पलाई शान्तिपूर्ण ढंगबाट सत्ता हस्तान्तरण गर्न आफूले ह्वाइट हाउसका कर्मचारीलाई निर्देशन दिइसकेको पनि बताए । उनले डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनको उम्मेदवारी अमेरिकी इतिहासमा ऐतिहासिक रहेको एवं उनका पति बिल क्लिन्टन र हिलारीले भविष्यमा पनि अमेरिकाका लागि अझै धेरै काम गर्ने विश्वास ब्यक्त गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्