
काठमाडौं, कात्तिक २५ । इराकको मोसुलनजिकको गाउँमा अज्ञात व्यक्तिले गोली प्रहार गरी ६ जनाको हत्या गरेका छन् ।
इराकको मोसुल सहरनजिकको सुरा र क्वायरा गाउँमा प्रहरीको भेषमा गएको व्यक्तिले उनीहरुको हत्या गरेको बुझिएको छ ।
मोसुल सहर इस्लामिक अतिवादी समूह ‘आइएस’को कब्जाबाट मुक्त गर्न इराक, अमेरिका र अरब लिगको गठबन्धन सेनाले अभियान चलाइरहेकोबेला यो घटना भएको हो ।
हाल सो क्षेत्रमा ५० हजार सेना खटिएका छन् । घटनामा आइएसको हात रहेको आशंका पनि गरिएको छ ।
इराकी प्रधानमन्त्री हैदर अल आबादीले घटनाले आफूलाई मर्माहत तुल्याएको बताउँदैै घटनामा संलग्न जो कोहीले महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्