
फाइल फोटो
काठमाडौं, कात्तिक २५ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सेवा सुविधासम्बन्धी विषयको मूल मुद्दासँगै आगामी मंसिर १६ गते पेसी चढाउने आदेश भएको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको पूर्णइजलासले विहीबार कार्कीको नियुक्तिको विषयको मूल मुद्दासँग सुनुवाइका लागि पेसी चढाउने आदेश दिएको हो ।
कार्की निलम्बनमा परिसकेकाले उनले पाउनुपर्ने सुविधा खोस्न माग गर्दै अधिवक्ता ओमप्रकाश आर्यालले यही कात्तिक १२ गते निवेदन दर्ता गरेका थिए ।
यसैबीच, कार्कीले आफ्ना वारेस अधिवक्ता तेजबहादुर कटवालमार्फत् विहीबारै मुद्दासम्बन्धी तारेख बुझेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्