Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


भारतविरुद्ध इंग्ल्यान्डले पहिलो इनिङ्समा बनायो ५३७ रन, तीन खेलाडी जोडे शतक


0
Shares

काठमाडौं, कात्तिक २५ । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इंग्ल्यान्डले शानदार ब्याटिङ गरेको छ ।

भारतको राजकोटमा जारी टेस्टको दोस्रो दिन विहीबार पाहुना टोली इंग्ल्यान्डले ५३७ रन बनाएको हो ।

तीन खेलाडीले शतक बनाएको इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक १२८ रन जोडे । यसैगरी, जो रुटले १२४ रन तथा मोइन अलीले ११७ रन बनाए ।

बलिङतर्फ भारतका रविन्द्र जडेजाले ३ विकेट लिए भने मोहोमद सामी, उमेश यादव र रविचन्दन आश्विनले २–२ विकेट लिए ।

इंग्ल्यान्डले बनाएको ५३७ रनको जवाफमा भारतले आफ्नो पहिलो इनिङ्सको ब्याटिङ सुरु गरिसकेको छ ।

दोस्रो दिनको समाप्तीसम्म भारतले बिनाकुनै विकेटको नोक्सानीमा ६३ रन बनाएको छ । २८ रनमा अविजित रहेका गौतम गम्भीर र २५ रनमा अविजित रहेका मुरली विजयले शुक्रबार बिहान तेस्रो दिनको खेल सुरु गर्नेछन् ।