पोखरा, कात्तिक २५ । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको चौथो महाधिवेशनको तयारी पूरा भएको छ ।
विहीबार कास्कीको पोखरामा पत्रकार सम्मेलन गरी कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको हो ।
अधिवेशनमा १ हजार ३ सयभन्दा बढी प्रतिनिधिले भाग लिने तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।
महाधिवेशन सम्पन्न गर्न करिब ५० लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ ।









प्रतिक्रिया दिनुहोस्