३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


काभ्रेमा ६ नगरपालिका र ८ गाउँपालिकासहित १४ स्थानीय तहको सिफारिस


0
Shares

बनेपा, कात्तिक २५ । काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाका लागि प्राविधिक सहयोग समितिले पुनःसंरचना आयोगलाई विहीबार १४ तहको स्थानीय तह हुने गरी प्रतिवेदन बुझाएको छ ।

स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक टेकराज निरौलाको टोलीले काठमाडौंस्थित आयोगमा पुगेर प्रतिवेदन पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द शर्मा पौडेललाई बुझाएको हो । सो प्रतिवेदनमा ६ नगरपालिका र ८ गाउँपालिका हुने उल्लेख छ ।

‘शंखुपाटीचौर र पाँचखाललगायतका केही गाविसका वडालाई हेरफेर गरिएको छ’–निरौलाले भने ।

पुनःसंरचनाका विषयमा सबै राजनीतिक दलको सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा एमालेसहितका विभिन्न साना दलको ८ गाउँपालिका र ६ नगरपालिकासहित १४ स्थानीय निकाय हुने एउटा र नेकपा माओवादी केन्द्रसहित केही साना दल एक उपमहानगरपालिकासहित १२ स्थानीय निकायका पक्षमा भएपछि फरक–फरक प्रस्ताव प्राविधिक समितिमा पेस भएको थियो ।

उपमहानगरपालिकाबाहेक दलले दिएको प्रतिवेदनमा त्यति धेरै फरक नभएको जानकारी दिँदै संयोजक निरौलाले ‘१४ तहको स्थानीय निकायमा दलको सहमतिजस्तो देखिन्छ’–भने । रासस