२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


थाई महाविहारमा महापरित्राण पाठ सम्पन्न


13
Shares

कीर्तिपुर, चैत १५ । शान्तिको कामना गर्दै कीर्तिपुरस्थित थाई महाविहारमा साप्ताहिक महापरित्राण पाठ सम्पन्न भएको छ ।

गणविहारका भिक्षु शोभितको संयोजकत्वमा सात दिनसम्म सञ्चालित महापरित्राण पाठमा सामुहिक ज्ञान भजनसमेत प्रस्तुति गरिएको छ । दिंवगत भएकाहरुको सम्झना र आफन्तहरुको शुभकार्य र शान्तिको लागि महापरित्राण पाठ गर्ने गरिन्छ ।

महापरित्राण पाठपछि थाई विहारमा तीस वर्षदेखि सेवा गर्दे आएकी मिना गरुमासहित आठजना भिक्षुहरुलाई सम्मानित गरिएको छ ।

त्यसैगरी बुद्ध प्रवचन, ज्ञानमाला भजनसहित दानसमेत गरिएको छ । महापरित्राण पाठबाट शान्ति मिल्ने र मनोकामना पुरा हुने विश्वास गरिन्छ ।