Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संसद बैठक आज बस्दै, महाभियोगमाथि छलफल गरिने


0
Shares

काठमाडौं, कात्तिक २६ । व्यवस्थापिका–संसद्को बैठक आज बस्ने भएको छ ।

हिजो बस्ने भनिएको बैठक संसद् सचिवालयले सूचना प्रकाशित गरी आजसम्मका लागि स्थगित गरेको थियो । बिहान ११ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोगको प्रस्तावका विषयमा छलफल हुनेछ ।

एमाले र माओवादी केन्द्रका एक सय ५७ सांसदले लगाएको महाभियोग प्रस्तावबारे संसदमा छलफलले निरन्तरता पाउन लागेको हो ।

महाभियोग प्रस्तावबारे कात्तिक ९ मा पहिलो छलफल भएको थियो । त्यसपछि तिहार, छठ लगायतका पर्व परेका कारण संसद बैठक स्थगित गरिएको थियो ।

Skip This