
काठमाडौं, कात्तिक २६ । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामो सेमिफाइनल जित्दै फाइनल पुग्नेमा नेपाली टोली विश्वस्त देखिएको छ ।
मलेसियाको कुचिङमा जारी प्रतियोगिताको सेमिफाइनलमा शनिबार नेपालले लाओससँग खेल्दैछ । त्यही खेलको पुर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले लाओसविरुद्धको खेल जित्दै फाइनलमा पुग्नेमा आफू र आफ्नो टोली पुरै विश्वस्त रहेको बताए ।
पहिलो खेलमा देखिएको कमजोरीमा सुधार भइसकेको जनाउँदै प्रशिक्षक कोजुले नेपाल यो प्रतियोगिताको उपाधि जित्न सक्षम रहेको जिकीर गरे ।
सोलिडारीटी कप फुटबलको पहिलो खेलमा ईष्ट टिमोरसँग गोलरहित बराबरी खेलेको नेपालले दोस्रो खेलमा ब्रुनाईलाई ३/० ले हराउँदै समुह विजेताको रुपमा सेमिफाइनलमा ठाउँ बनाएको हो । प्रतियोगिताको अर्को सेमिफाइनलमा मकाउ र ब्रुनाई भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्