
काबुल, कात्तिक २६ । अफगानिस्तानको मजार–ए–शरिफ शहरमा रहेको जर्मन वाणिज्य दूतावासमा आत्मघाती आक्रमण भएको छ । आक्रमणमा कम्तिमा दुई जनाको मृत्यु भएको छ ।
आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको ट्रक दूतावासको भवनमा ठोक्काएर विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटमा परी ८० जनाभन्दा बढी घाइते भएका छन् । विस्फोटपछि गोली चलेको बताइएको छ ।
घटनाको जिम्मेवारी तालिवानले लिएको छ । उज्वेकिस्तानको सीमा नजिक रहेको मजार–ए–शरिफ अफगानिस्तानको तेस्रो ठूलो शहर हो । शहरको बाहिरी क्षेत्रमा जर्मनीको नेतृत्वमा रहेको नेटो सेनाको क्याम्प छ ।
गठबन्धन सेनाले घटनाको जाँच गरिरहेको नेटोका प्रवक्ताले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्