२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


विश्वकप फुटबल छनोट खेलमा ब्राजिलद्वारा अर्जेन्टिना पराजित


0
Shares

काठमाडौं, कात्तिक २६ । विश्वकप फुटबल छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ ।

ब्राजिलमा भएको खेलमा घरेलु टोली ३-० ले विजयी भएको हो । खेलमा ब्राजिललाई विजयी गराउन फिलिप कौटिन्हो, नेईमार र पाउलिन्होले एक–एक गोल गरे ।

विश्वकप छनोटअन्तर्गत दक्षिण अमेरिकी समुहकै अर्को खेलमा पेरुले पाराग्वेलाई ४-१ ले हराउँदा उरुग्वेले ईक्वेडरलाई २-१ ले पराजित गरेको छ । चिली र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् । यसैगरी भेनेजुएलाले बोलिभियालाई ५-० ले हराएको छ ।

आजका खेलपछि विश्वकप फुटबल छनोटअन्तर्गत दक्षिण अमेरिकी समूहमा ११ खेलबाट २४ अंक जोड्दै ब्राजिल शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २३ अंक जोडेको उरुग्वे दोस्रो स्थानमा छ भने १८ अंक जोडेको कोलम्बिया तेस्रो स्थानमा छ । चौथो स्थानको ईक्वेडरको १७ अंक छ भने समान १७ अंकको साथ चिली पाँचौ स्थानमा छ । १६ अंक जोडेको अर्जेन्टिना भने छैटौं स्थानमा छ ।