पाँचथर, कात्तिक २६ । पूर्वी पहाडी जिल्ला पाँचथरमा उत्पादित अर्गेलीको माग बढेपछि कृषक उत्साहित भएका छन् ।
गाउँ–गाउँमा खेर गइरहेको अर्गेलीको लोक्ताबाट जापानी नोट बनाउन जापानबाटै उच्च माग भएपछि किसान उत्साहित भएका हुन् । ९० रुपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको अर्गेलीको लोक्ता जापानले चार सय रुपैयाँमा खरिद गर्ने भएपछि कृषकमा खुसी छाएको हो ।
दाजुभाई जडिबुटी कृषि सहकारी संस्थाको सहयोगमा लोक्ताको माग बढेपछि पाँचथरमा अहिले जापानी प्रविधिमा अर्गेलीको कच्चा पदार्थ बनाउन थालिएको संस्थाका अध्यक्ष ओमराज थाम्सुहाङले जानकारी दिए ।
परम्परागत प्रविधिमा अर्गेलीबाट काँचो कागज बनाईंदै आए पनि पछिल्लो समय जापानी नोट बनाउन जापानबाट माग आएपछि किसानहरु गाँउघरमै जापानी प्रविधिबाट अर्गेलीको कच्चा पदार्थ बनाउन जुटेका हुन् ।
जिल्लाका १८ गाउँ विकास समितिमा अहिले अर्गेली उत्पादन हुन्छ ।
यसवर्ष जापानमा सात मेट्रिक टन अर्गेली निकासी हुने जिल्ला वन कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्