Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन वृद्धि


0
Shares

रसुवा, कात्तिक २६ । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएकोे छ ।

नेपालको तेस्रो पर्यटकीय गन्तव्यस्थलका रूपमा रहेको लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रका पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बृद्धि भएको हो । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार आर्थिक वर्ष २०७३/७४ को पहिलो चौमासिकमा २ हजार ६ सयजना पर्यटक रसुवा भित्रिएका छन् ।

अघिल्लो आर्थिक वर्षको पहिलो चौमासिकमा ६ सय २३ जना पर्यटकमात्र रसुवा भित्रिएका थिए ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा प्रवेश गर्ने ६ वटा प्रवेशद्वारमध्ये हाल ४ वटामात्र सञ्चालनमा छन् । असोज र कात्तिक महिना पर्यटकको आगमन हुने मुख्य याम भएकाले अहिले दैनिक एक सयभन्दा बढी पर्यटक पुग्न थालेको प्रमुख संरक्षण अधिकृत रेग्मीले जानकारी दिए ।

भूकम्पअघि बार्षिक १५ हजार पर्यटकले अवलोकन गर्ने लाङटाङ क्षेत्रमा त्यसपछि भने पर्यटकको संख्या घटेको थियो ।