३१ श्रावण २०८२, शनिबार | Sun Aug 17 2025


मकालु एयरको विमान सिमिकोटमा अवतरणका क्रममा सामान्य दुर्घटना


0
Shares

हुम्ला, कात्तिक २६ । मकालु एयरको जहाज हुम्लाको सिमिकोट विमानस्थलमा अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।

सुर्खेतबाट सामान लिएर गएको नाइन एन एजेजी कल साइनको जहाज शुक्रबार बिहान पौने ८ बजे पाङ्ग्रा पञ्चर भएर दुर्घटना भएको हो ।

दाहिने टायर पञ्चर हुँदा भएको दुर्घटनाबाट जहाजमा सामान्य क्षति पुगेको छ । दुर्घटनाबाट मानवीय क्षति भने नभएको विमानस्थल कार्यालयले जनाएको छ । कार्गो जहाजमा पाइलट र को–पाइलटमात्रै थिए । दुवैजना सकुशल रहेको प्रहरीले जनाएको छ ।