
विराटनगर, कात्तिक २६ । मोरङको टंकिसिनवारी–२ मा रहेको दुगड स्पाइसेस एण्ड फुट प्रोडक्ट प्रालिको सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा आएको छ ।
बिहीबार साँझ साढे ६ बजेदेखि विद्युत् तार सर्ट भएर लागेको आगो शुक्रबार बिहान ७ बजेमात्र पूर्णरुपमा नियन्त्रणमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।
सुनसरी, मोरङ र झापाका गरी सातवटा दमकल, सुरक्षाकर्मी र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने नआएको प्रहरीले जनाएको छ ।
मोती दुगडको स्वामित्वमा रहेको सो उद्योगमा सेन्चुरी मसला, कुरमुरे तथा कार्टुन फ्याक्ट्री सञ्चालनमा थिए ।
प्रतिक्रिया दिनुहोस्