२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


धरानमा पनि डेंगुका बिरामी फेला


0
Shares

                                                                        फाइल तस्वीर

धरान, कात्तिक २६ । सुनसरीको धरानमा पनि डेंगुका बिरामी फेला परेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान–१६ की १३ वर्षीया जीना राईमा डेंगु संक्रमण भेटिएको हो ।

डेंगुपीडित राईको पेडियाट्रिक विभागमा उपचार भइरहेको प्रतिष्ठानको आकस्मिक सेवा विभागले जानकारी दिएको छ ।

प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक चारदेखि पाँच जनासम्म डेंगुको आशंकामा चेकजाँच गराउन बिरामी आउने गरेका छन् ।