Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


धादिङका कृषकलाई धान भित्र्याउन चटारो


0
Shares

धादिङ, कात्तिक २६ । धादिङका कृषक धान भित्र्याउन व्यस्त भएका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष धानको उत्पादन राम्रो भएकाले किसान खुसीसमेत देखिएका छन् ।

अघिल्लो वर्ष धानमा रोप किराको प्रकोपका कारण उत्पादनमा गिरावट आएको थियो । तर यस वर्ष समयमै वर्षा भएको, मलखाद सहजै पाइएको र रोगकिरासमेत नलागेका कारण धानको उत्पादन राम्रो भएको छ ।

धादिङमा यो वर्ष १६ हजार ४ सय ५० हेक्टरमा धान खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रतिहेक्टर ४ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसारक दुर्गादत्त पन्थीले जानकारी दिए ।