Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेत्रविक्रम माओवादीका १५ जना कार्यकर्ता पक्राउ


0
Shares

                                                                    फाइल फोटो
नवलपरासी, कात्तिक २६ । मोटरसाइकल र्‍यालीमा सहभागी हुनेक्रममा प्रहरीले नवलपरासीको कावासोतीबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका १५ जना कार्यकर्तालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।

महँगी, कालोबजारी र भष्ट्राचारविरुद्धमा भन्दै पार्टीले कावासोती नगरपालिकाको डन्डाबाट गैंडाकोटसम्म मोटरसाइकल र्‍यालीको आयोजना गरेको थियो ।

मोटरसाइकल र्‍यालीमा सहभागी हुन जानेक्रममा प्रगतिनगर, मुकुन्दपुरलगायतका स्थानबाट १२ ओटा मोटरसाइलमा आउँदै गरेका १५ कार्यकर्ताहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कावासोतीका नायब उपरीक्षक राजेश थापाले बताए ।

 

Skip This