
पोखरा, कात्तिक २६ । पोखराको मणिपाल मेडिकल कलेज तीन महिनादेखि ठप्प भएको छ ।
कलेज प्रशासन र शिक्षकबीचको विवादका कारण कलेज ठप्प हुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् ।
तलबबृद्धि, करारका शिक्षकलाई स्थायी गर्नुपर्ने र सार्वजनिक बिदामा काम गर्दा अतिरिक्त पारिश्रमिक पाउनुपर्ने माग गर्दै सो कलेजका प्राध्यापक–शिक्षकहरु आन्दोलनमा उत्रिएपछि तीन महिनादेखि पठन–पाठन ठप्प भएको हो ।
कलेजमा विभिन्न सेमेस्टारमा गरी करिब ३०० विद्यार्थी अध्यानरत् छन् । पठन–पाठन नै ठप्प भएपछि विद्यार्थीको प्रयोगात्मक र सैद्धान्तिक सेमेस्टर गुम्ने त्रास बढेको कलेज प्रशासनको भनाइ छ ।
मणिपाल कलेजको शिक्षणमा प्राध्यापक र शिक्षक गरी १ सय ५५ जना रहेका छन् भने नेपाल, भारत, श्रीलंका र मालदिभ्सकमा विद्यार्थीहरु पढ्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्