
काठमाडौं, कात्तिक २६ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् शुक्रबार भएका खेलहरुमा ताहाचल फुटसल र हाइवे फुटसल विजयी भएका छन् ।
ताहाचल फुटसलको ‘फिल्ड’मा भएको खेलमा घरेलु टोली ताहाचलले हाइवे फुटसललाई ९–२ ले हरायो ।
घरेलु टोलीलाई विजयी गराउन रामकुमार कुमाल एक्लैले ५ गोल गरे । यसैगरी, राज शाहीले २ गोल गरेभने सुजित बुढाथोकी र अनिल तामाङले एक–एक गोल थपे ।
पराजित टोली हाइवे फुटसलका रमेश तामाङ र जाङ्बु शेर्पाले एक–एक गोल गरे ।
यो जितसँगै ताहाचल फुटसल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ताहाचलको ६ खेलबाट १३ अंक भएको छ ।
समान खेलबाट ११–११ अंक जोडेका कुमारी फुटसल र हरिसिद्धि फुटसल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
शुक्रबारै भएको दोस्रो खेलमा नीलोपुल कपनको ह्वाइटहर्स फुटसलले ढुंगेअड्डाको आदर्श फुटसललाई ३–२ ले हरायो ।
खेलमा ह्वाइटहर्सलाई विजयी गराउन प्रनेश गोर्खाली र मन्जील महर्जनले एक–एक गोल गरे । आदर्शका दिलीप तामाङले एक आत्मघाती गोल गरेपछि ह्वाइटहर्स विजयी भएको हो ।
पराजित टोली आदर्श फुटसलका राजु बेढाथोकी र दिलीप तामाङले एक–एक गोल गरे ।
यो जितसँगै ह्वाइटहर्स फुटसलले क्वार्टरफाइनल प्रवेश गर्ने सम्भावना जीवित राखेको छ । समूहमा ६ खेलबाट १० अंक जोड्दै ह्वाइटहर्स दोस्रो स्थानमा उक्लिएको छ ।
५ खेलबाट १५ अंक जोडेको किकअफ फुटसल सीतापाईला शीर्ष स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्