Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


तरुण महाधिवेशनः देउवा, पौडेल र सिटौला पक्षबीच पदाधिकारी भागबन्डामा सहमति


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, कात्तिक २६ । नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तरुण दलकाको पदाधिकारी बाँडफाँडमा सहमति भएको बुझिएको छ ।

शीर्ष नेताहरुमा सहमति भएपछि तरुण दलको चौथो महाधिवेशन शनिबार (भोलि)देखि पोखरामा सुरु हुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच पदाधिकारी बाँडफाँडमा भएको स्रोतले जनाएको छ ।

देउवापक्षलाई तरुण दलको अध्यक्ष, पौडेलपक्षलाई महामन्त्री र सिटौलापक्षलाई कोषाध्यक्ष दिनेगरी सहमति बनेको बताइएको छ ।

यस्तै, केन्द्रीय सदस्यदेखि प्रदेश संयोजकलगायतमा त्रिपक्षीय बाँडफाँड गर्ने सहमति भएको पनि जनाइएको छ ।

उता, तरुण दलको चौथो महाधिवेशनको तयारी पूरा भएको तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले जानकारी दिए ।

महाधिवेशनका लागि कांग्रेस नेताहरु पोखरा पुग्नेक्रम पनि सुरु भइसकेको छ भने प्रतिनिधिहरु पोखरा पुगिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ ।

Skip This