२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


सोलिडारिटी कपः नेपाल फाइनल पुग्न आतुर, खेल दिउँसो सवा २ बजे


0
Shares

काठमाडौं, कात्तिक २६ । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु शनिबार (भोलि) हुँदैछन् ।

मलेसियाको कुचिङमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा नेपालको भिडन्त लाओससँग हुँदैछ ।

नेपाली समयअनुसार दिउँसो सवा २ बजे हुने खेल जितेर नेपालले फाइनलमा ठाउँ बनाउँदै उपाधि दाबेदारी दिन चाहन्छ ।

नेपाल समूहमा अपराजित रहँदै समूह विजेताकोरुपमा सेमिफाइनलमा पुगेको हो । लाओसले भने मंगोलिया र श्रीलंकालाई हराएको थियो भने मकाउसँग पराजित भएको थियो ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले खेलअघिको ‘प्रिम्याच कन्फ्रेन्स’मा बोल्दै टिमले लाओसलाई हराउनेमा विश्वस्त रहेको बताउँदै हल्कारुपमा भने नलिने प्रतिक्रिया दिएका छन् ।

दोस्रो सेमिफाइनलमा साँझ सवा ५ बजे ब्रुनाई र मकाउ भिड्नेछन् । ब्रुनाईले नेपालसँग ३–० को हार व्यहोर्दै समूहको उपविजेता बनेको हो भने मकाउ अर्को समूहको समूह विजेता हो ।

एसियामा कमजोर फुटबल राष्ट्रहरुको लागि एसियाली फुटबल महासंघ (एएफसी)ले सोलिडारिटी कप फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

यसअघि, एएफसी च्यालेन्ज कपको नाममा हुने प्रतियोगिता योपटकदेखि सोलिडारिटी कपको नाममा हुन थालेको हो ।