Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दश वर्षपछि तरुण दलको महाधिवेशन आजदेखि पोखरामा


0
Shares

पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसनिकट भ्रातृ संस्था तरुण दलको आज(शनिबार)देखि पोखरामा महाधिवेशन हुँदैछ ।

दश वर्षपछि हुन लागेको तरुण दलको महाधिवेशनका आज पार्टी सभापति श्ेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

तरुण दलको पदाधिकारीमा भने कांग्रेसका शीर्ष नेताहरुले बाँडफाँडमा गर्ने सहमति गरेका छन् ।

कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौलाबीच पदाधिकारी बाँडफाँडमा गरिएको स्रोतले जनाएको छ ।

देउवा पक्षलाई तरुण दलको अध्यक्ष, पौडेल पक्षलाई महामन्त्री र सिटौला पक्षलाई कोषाध्यक्ष दिनेगरी सहमति बनेको बताइएको छ ।

यस्तै केन्द्रीय सदस्यदेखि प्रदेश संयोजकलगायतमा त्रिपक्षीय बाँडफाँड गर्ने सहमति भएको पनि जनाइएको छ ।

तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।

Skip This