
काठमाडौं, कात्तिक २७ । भारतमा पाँच सय र हजार रुपैयाँको नोट साट्न लाइनमा बसेका दुई बृद्धको मृत्यु भएको छ ।
मुम्बईको थाणेस्थित एउटा बैकमा पैसा साट्न लाइनमा बसेका ७३ वर्षीय विश्वनाथ वर्तक र केलरमा ७५ वर्षीय कार्तिकेयनको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बैंकमा लाइन लागिरहेकौ समयमा एक्कासी भूइँमा लडेका विश्वनाथको घटनास्थलमै मृत्यु भएको हो ।
केरलमा पनि लाइनमा रहेका बेला अचानक मुर्छा परेका कार्तिकेयनलाई अस्पताल लगिए पनि हृदयघातका कारण निधन भएको चिकित्सकहरुले जनाएका छन् ।
गत मंगलबार भारतीय सरकारले राति १२ बजेदेखि पाँच सय र हजारको नोट नचल्ने घोषणा गरेपछि पैसा साट्न बैंकमा लामो लाइन लाग्ने गरेको छ ।
सरकारले १० दिनभित्र दैनिक आवश्यक सामान खरिद गर्न पाँच सय र हजार रुपैयाँको नोट साट्न सर्वसाधारणलाई मौका दिएको छ ।
बाँकी रकम बैक दाखिला गरेर सटही गर्न सक्ने छन् । सरकारले कालो धन र नक्कली रुपैयाँमाथि नियन्त्रण गर्न यस्तो कदम उठाउनु परेको जनाएको छ ।
जसअन्तर्गत साढे २ लाख रुपैयाँभन्दा बढी रकम बैंकमा दाखिला गर्ने व्यक्तिले आफ्नो आय श्रोत सार्वजनिक गर्नुपर्ने छ ।
पैसा साट्न गत मंगलबारदेखि नै भारतका सबै राज्यका बैक तथा हुलाकमा ठूलो भीड लाग्ने गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्