पोखरा, कात्तिक २७ । पोखरामा आजबाट सुरु भएको नेपाली कांग्रेसनिकट तरुण दलको चौथो महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि शीर्ष नेताहरु लगभग सहमति नजिक पुगेका छन् ।
तरुण दलको पदाधिकारीमा कांग्रेसका शीर्ष नेताहरुले बाँडफाँडमा गर्ने सहमति गरेका छन् ।
कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री सिटौलाबीच पदाधिकारी बाँडफाँडमा गरिएपछि अर्का नेता खुमबहादुर खड्काले पनि भाग मागेका छन् ।
अब खड्कालाई समेत चित्तबुझाएर मात्र महाधिवेशनका अरु कार्यक्रम सुरु हुने बताइएको छ ।
यसअघि देउवा पक्षलाई अध्यक्ष, पौडेल पक्षलाई महामन्त्री र सिटौला पक्षलाई कोषाध्यक्ष दिनेगरी सहमति बनेको बताइएको थियो ।
यस्तै केन्द्रीय सदस्यदेखि प्रदेश संयोजकलगायतमा त्रिपक्षीय बाँडफाँड गर्ने सहमति भएको जनाइएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छ ।
नेतृत्व हत्याउन जितजंग बस्नेत, पदम पालुंगा, भुपेन्द्र जंग शाही, शुभाष पोखरेल र दामोदर कोइराला मैदानमा छन् ।









प्रतिक्रिया दिनुहोस्