Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दाहाल नेतृत्व सरकारको सय दिन सफल भयो: नेता पुन


0
Shares

पोखरा, कात्तिक २७ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गरे ।

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले सरकारको कदम कछुवाको चाल जस्तै भए पनि महत्वपूर्ण काम भएको बताए ।

उनले नेपाल भारतबीच देखिएको चिसोपनको सम्बन्धलाई सुधारेर न्यानोपन र विश्वासको वातावरण सरकारले बनाएको दाबी गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई पार्टी भीत्रबाट पुरै सहयोग भएको उनको भनाइ थियो ।

नेता पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव टुंगोमा पुग्ने दाबीसमेत गरे ।

 

Skip This