Logo ७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026


एकै सातामा नेप्से ५२ अंकले ओर्लियो


0
Shares

काठमाडौं, कात्तिक २७ । यो साता पुँजी बजारमा उच्च गिरावट आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५२ अंकले झरेर अन्तिम दिन १६ सय ९७ अंकमा आइपुग्यो । कारोबार भएका सबै समूहमा उच्चअंकको गिरावट आएसँगै साताको नेप्सेमा पहिरो गएको हो ।

बीमा समूह सबैभन्दा उच्च ३ सय २५ अंकले झर्‍यो । यस्तै, जलविद्युत समूह ८५ अंकले र वाणिज्य बैंक समूहमा पनि ४९ अंक बढीको गिरावट आयो ।

यो साता १ सय ४६ कम्पनीहरुको दुई अर्ब ८४ करोड ५३ लाख रुपैयाँ बराबरका ४० लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि सिभिल बैंक अग्रस्थानमा रह्यो ।

कारोबार रकमकै आधारमा सिभिल बैंकलाई मुक्तिनाथ विकास बैंक, बैंक अफ काठमाडौं लुम्बिनी, एभरेस्ट बैंक र नेको इन्स्योरेन्स कम्पनीले क्रमशः पच्छ्याउन पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।