२३ श्रावण २०८२, शुक्रबार | Fri Aug 8 2025


गाडीमा अचानक आगलागी


0
Shares

कैलाली, चैत १५ । कैलालीको अत्तरीयामा एउटा गाडीमा अचानक आगलागी भएको छ । बिहान ७ बजेर ४० मिनेटमा गुडिरहेको गाडीमा आगो लागेको हो ।

अत्तरिया चोकमा यात्रु खोज्दै गरेको बा४ख ५८६८ नम्बरको हायस गाडीमा ईलाका प्रहरी कार्यालयको अगाडि आगो लागेको हो । गाडीमा आगो लागे पनि मानवीय क्षति भने हुन पाएन ।

दमकलको सहायतामा आगो नियन्त्रणमा लिने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।