काठमाडौं, कात्तिक २८ । बिगमार्ट सुपरमार्केटले दशैं तिहारको उपलक्ष्यमा संचालित लक्की ड्र ‘बिगमार्ट जाऔं खरर, चढौं यामाहा फेसिनो सरर’ लक्की ड्र कार्यक्रमको विजेता घोषणा गरेको छ ।
बिगमार्ट सुपरमार्केट सिटी सेन्टर, कमलपोखरीमा आयोजित कार्यक्रममा सुधिरसिंह थापा, विमला शर्मा र आदर्श कार्कीलाई विजेता घोषणा गरियो । तीनवटै विजेताले यामाहा फेसिनो स्कुटर प्राप्त गरे ।
विजेता ग्राहकहरुले आफ्नो उपहार बिगमार्ट सुपरमार्केटको मूख्य कार्यालय लाजिम्पाटबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्