झापा, कात्तिक २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी संस्थाहरुले परियोजनाहरुमा लगानी बढाउनु पर्ने बताएका छन् ।
झापाको मेचीनगरमा स्थापित एनएमसी डेरी उद्योगको आइतबार उद्घाटन गर्दै ओलीले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।
झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १२ करोड लगानीमा उक्त डेरी उद्योग स्थापना गरिएको हो । प्रतिघण्टा तीन हजार लिटर दूध प्रशोधन गर्ने क्षमता रहेको सो उद्योगमा ५२ जना युवाले रोजगारी पाएको सहकारीका अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए ।





प्रतिक्रिया दिनुहोस्