२० जेष्ठ २०८२, मंगलबार | Wed Jun 4 2025


काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक २८ । काठमाडौंको ऐतिहासिक काष्ठमण्डप क्षेत्रमा ईसापूर्वको पहिलो शताब्दीकै संरचना फेला परेको छ ।

काष्ठमण्डपको उत्खनन्का क्रममा प्राप्त बस्तुहरुको कार्वन डेटिङका क्रममा पहिलो शताब्दीमै त्यस परिसरमा संरचना पाइएको हो । अनुसन्धानमा संलग्न बेलायतको दुरहम विश्वविद्यालयका प्राध्यापक रोविन कोनिनघमले सो क्षेत्र ईसापूर्व पहिलो शताब्दीको भएको जानकारी दिए ।

उनले सातौं शताब्दीमा चाहीँ नेपाली प्यागोडा शैलीको मन्दिर नै रहेको तथा १२ बाइ १२ मिटरको संरचना र त्यसभित्र २ मिटर गहिरो र १ मिटर चौडा संरचना पाएको जानकारी दिए ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले महाभूकम्पले काष्ठमण्डपको सदियौं पुरानो माटोको गारोमा कुनै क्षति नपुगेको भन्दै उत्खनन् सकिएपछि मौलिक प्रविधि र निर्माण सामाग्री प्रयोग गरेर काष्ठमण्डपको पुननिर्माण गर्ने बताए ।

बेलायतको दुरहम विश्वविद्यालयका प्राध्यापक रोविन कोनिनघमको टोली र पुरातत्व विभागले संयुक्त रुपमा काष्ठमण्डपमा उत्खनन् र अनुसन्धान गरिरहेको छ । यसपछि माजु देगः, जैसीदेवल र जगन्नाथ मन्दिरको पनि उत्खनन् र अनुसन्धान गर्ने जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्