काठमाडौं, कात्तिक २८ । भारतीय नोट सटहीका लागि कुटनीतिक माध्यमबाट भारतीय सरकारसँग तत्काल आवश्यक पहल गर्न नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार र नेपाल राष्ट्र बैंक समक्ष गम्भिर आग्रह गरेको छ ।
महासंघले आइतबार विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । भारत सरकारबाट हालै ५ सय र एक हजार दरका भारु नोट सटहीमा प्रतिबन्ध लगाएपछि भारतीय सीमासँग जोडिएका नेपालका जिल्लाहरुमा बसोबास गर्ने व्यापारी लगायत आम सर्वसाधारणसँग रहेको भारतीय नोट सटहीमा देखिएको समस्याप्रति महासंघले सरकारको ध्यानाकर्षण गरेको हो ।
व्यापारीसहित आमसर्वसाधारणसँग त्यस्तो रकम अर्बौंको परिमाणमा रहेको अनुमान महासंघले गरेको छ ।





प्रतिक्रिया दिनुहोस्