काठमाडौं, कात्तिक २८ । साताको शुरुको दिन आइतबार शेयर बजार सामान्य सकारात्मक रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ३ अंकले धनात्मक रहेर १७ सय कायम भएर थामियो ।
होटल र जलविद्युत बाहेक अरु सबै समूह सकारात्मक रहेसँगै नेप्से पनि धनात्मक रहेर थामिएको हो । बीमा समूह सबैभन्दा उच्च ३८ अंकले उकालो लाग्यो । अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३७ कम्पनीको ८ लाख ६२ हजार कित्ता शेयर ७३ करोड २२ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्