-प्रदिप पौडेल, ईमेज
पोखरा, कात्तिक २९ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको महाधिवेशनअन्तर्गत आज(सोमबार) नेतृत्व चयनका लागि निर्वाचन हुने भनिएपनि निर्वाचनको तयारी अझै भएको छैन ।
नेताहरुले भागबण्डामा नेतृत्व चुन्ने तयारी गरिरहँदा प्रतिनिधिहरुले भने चुनावबाटै नेतृत्व चुन्नुपर्नेमा जोड दिएका छन् ।
बन्द सत्रमा सबैजसो जिल्ला सभापति र प्रतिनिधिले बल्लबल्ल भएको महाधिवेशनमा आफूहरुले मतदानको अधिकार नखोस्न आग्रह गरेका हुन् ।
उनीहरुले सर्वसम्मतका नाममा भित्तामा टाँसिने नेतृत्वलाई नस्वीकार्ने चेतावनी पनि दिएका छन् । आज पनि बन्द सत्रमा छलफलको क्रम जारी छ ।
सर्वसम्मत नेतृत्व ल्याउन भन्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाबीच भागबण्डाको प्रयास भइरहेको हो ।
आफूले खोजेजस्तो नपाउने पक्षले भने निर्वाचनमै जानुपर्ने माग पनि गरिरहेका छन् । आज विधान संशोधनको विषयमा पनि छलफल गरिँदैछ ।
यद्यपी, शीर्ष नेता सर्वसम्मत नेतृत्व चयनमा जुटेका छन् भने कार्यकर्ता निर्वाचन नै गराउन माग गर्छन् ।









प्रतिक्रिया दिनुहोस्