
काठमाडौं, कात्तिक २९ । न्यूजिल्याण्डको दक्षिणी टापुमा आज(सोमबार) बिहान फेरि दोस्रो पटक भूकम्प गएको छ ।
७ दशमलब ८ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको एक दिनपछि ६ दशमलव ३ म्याग्नेच्यूडको दोस्रो भूकम्प गएको हो ।
पहिलो भूकम्पकै कारण त्रसित जनता दोस्रो शक्तिशाली भकम्पपछि थप त्रसित बनेका छन् । उद्धारकर्ताहरुले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानतर्फ सारीरहेका छन् ।
दोस्रो भूकम्पपछि क्षतीको विवरण प्राप्त भइसकेको छैन । यसअघि पहिलो भूकम्पमा परि कम्तिमा २ जनाको मृत्यु भएको थियो ।
न्युजिल्याण्डको क्राइस्टचर्च देखी ९५ किलोमिटर टाढा भूकम्पको केन्द्रविन्दु भएको जनाएको छ ।
यही ठाँउमा सन् २०११ मा गएको भूकम्पमा परि १ सय ८५ जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्