Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनालाई कम्पनीको मोडलमा सन्चालन गर्ने तयारी


0
Shares

ध्रुवसागर शर्मा (इमेज)
म्याग्दी, कात्तिक २९ । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई कम्पनी लिमिटेडको मोडलमा सन्चालन गर्ने अन्तिम तयारी गरेको छ ।

२०६६ सालबाट निर्माण सुरु भएको आयोजनाको ठेक्का लिएको भारतीय सिभिल ठेकेदार कम्पनी ‘आइभीआरसीएल’सँगको विवादका कारण दुई वर्षदेखि आयोजना अलपत्र परेपछि प्राधिकरणले सम्झौता तोडेर स्थानीयसँग सहकार्य गर्ने गरी कम्पनी मोडलबाटै पुनः निर्माणकार्य अगाडि बढाउने तयारी गरेको हो ।

भारतीय एक्जिम बैंकको ४ करोड डलर सहुलियत ऋण लिएर कम्पनी मोडलमार्फत् बनेको संरचनाका आधारमा काम अघि बढाइने आयोजनाका निमित्त प्रमुख रमेश श्रेष्ठले बताए ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले आयोजनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए ।