
काठमाडौं, कात्तिक २९ । शिख धर्मावलम्बीहरुले सोमबार गुरु नानकको ५४७औं जन्मजयन्ती मनाएका छन् ।
यस अवसरमा ललितपुरको कुपन्डोलस्थित गरुद्वारा गुरु नानक सत्संग भवनमा आयोजित कार्यक्रममा भारतीय राजदूत रणजीत रायले ‘भारतका गुरुद्वारामासमेत उपलब्ध हुन नसकेको हस्तलिखित गुरुग्रन्थ साहिव काठमाडौंका उदासीन मठ–मन्दिरहरुमा रहनु गौरवको विषय हो’–भने ।
उनले यी गुरुग्रन्थहरुको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने धारणा पनि राखे ।
काठमाडौंको ज्ञानेश्वर, पशुपति क्षेत्र, थापाथली, शोभाभगवती र प्राचीन गुरु नानक मठ गरी पाँच स्थानमा हस्तलिखित गुरुग्रन्थ साहिवसहितका उदासीन मठहरु रहेका छन् ।
गुरु नानकले गुरु शिष्यको परम्परालाई शिख धर्ममा संस्थागत गरेका थिए ।
शिख धर्मका दशौं गुरु गोविन्द सिंहको आज्ञाअनुसार सन् १७०८ पछि व्यक्तिलाई गुरु मान्ने परम्पराको अन्त्य गरी गुरुग्रन्थ साहिवलाई नै जीवित गुरु महाराजकोरुपमा मान्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्