
काठमाडौं, कात्तिक २९ । पाकिस्तानी सेनाले विवादित कस्मिरमा भारतीय सेनासँगको झडपमा आफ्ना सात सैनिक मारिएको जनाएको छ ।
पाकिस्तानी सेनाले भारत–पाकिस्तानबीचको विभाजन रेखा (लाइन अफ कन्ट्रोल)मा यो झडप भएको उल्लेख गरेको छ ।
भारतीय सेनाले ‘एलओसी’मा गरेको अतिक्रमणको जवाफ दिनेक्रममा भएको कारबाहीमा पाकिस्तानी सेनाको मृत्यु भएको बताइएको छ । भारतले यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएको छैन ।
पछिल्लो समय भारत–पाक सीमा क्षेत्रमा दुबैतर्फबाट लगातार गोलाबारी भैरहेको छ ।
भारतीय सेनाको गोलीबारीमा आफ्ना २६ नागरिक मारिइसकेको पाकिस्तानको दाबी छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्