Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


राज्य व्यवस्था समितिको बैठक स्थगित


0
Shares

काठमाडौं, कात्तिक ३० । व्यवस्थापिका संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

मंगलबार बस्ने भनिएको बैठक नेकपा माओवादी केन्द्रका सांसद भक्ति पाण्डेको निधनप्रति शोक व्यक्त गर्दै स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । बैठकमा निर्वाचनसम्बन्धी विधेयकका सम्बन्धमा छलफल हुने कार्यसूची थियो ।

राजनीतिक दल, निर्वाचन आयोगको काम र कर्तव्य र मतदाता नामावलीसम्बन्धी तीनवटा विधेयक राज्यव्यवस्था समितिमा बिचाराधीन छन् । छलफलका लागि निर्वाचन आयोगका पदाधिकारी, दलका नेता तथा सांसदहरुलाई बोलाइएको थियो ।

Skip This