Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


साउदीमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याउने व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन


0
Shares

काठमाडौं, कात्तिक ३० । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूतावासलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले सोमबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपाल ल्याउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव बैरागीले नेपालका लागि साउदी अरेबियाका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराएका थिए ।

बैरागीले प्रधानमन्त्रीको निर्देशन अवगत गराएपछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन÷चार दिनभित्रै शब नेपाल आउने विश्वास दिलाएका छन् ।