२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


मकाउलाई हराउँदै नेपालले इतिहास रच्यो (खेलको पूरा भिडियो हेर्नोस्)


0
Shares

अपडेट
काठमाडौं, कात्तिक ३० । एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ ।

मलेसियाको कुचिङमा मंगलबार भएको फाइनलमा मकाउलाई १–० ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपाललाई ऐतिहासिक जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे ।

खेलको २९औं मिनेटमा सुजल श्रेष्ठले भरत खवासको पासमा हेडगोल गर्दै नेपाललाई जिताएका हुन् ।

खेलमा नेपालका केही प्रहार भने मकाउका गोलकिपरले विफल बनाइदिएका थिए । वर्षाले मैदानमा पानी जमेकाले खेलमा भने निकै समस्या भएको थियो ।

यो जितसँगै नेपालले इतिहास रचेको हो । अहिलेसम्म नेपालले एसियालीस्तरको कुनैपनि प्रतियोगिता जितेको थिएन ।

सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल तथा ब्रुनाईलाई पेनाल्टी सुटआउटमै हराएर मकाउ फाइनलमा पुगेको थियोे ।  

भिडियो हेर्नुहोस्