
काठमाडौं, कात्तिक ३० । रेडबुल फुटसल लिगअन्तर्गत् मंगलबार भएको समूह ‘ए’को खेलमा बानेश्वर रिक्रियस्नल सेन्टर विजयी भएको छ ।
बानेश्वरले घरेलु ‘फिल्ड’मा रजनी फुटसललाई १०–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।
बानेश्वरको जितमा कर्फु रसाइलीले ह्याट्रिक गरे ।
जितसँगै बानेश्वरले ७ खेलबाट १३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्